नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले शेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रूपमा विकास हुन नसेकेको बताएका छन् । पूर्वगभर्नर नेपालले नेपाली सेयरबजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रूपमा विकास हुन नसेकेको बताएका हुन् ।
उनले विगत ७ वर्ष अगाडि शेयर बजारको विकास र विस्तारको लागि परिर्वतन भएको थियो त्यसपछि कुनै परिर्वतन नभएको बताए । पूर्वगभर्नर नेपालले लामो समयदेखि पुँजी बजारको विकासका लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु शेयर लगानीकर्ताको लागि राम्रो नभएको बताए ।
उनले पछिल्लो समय शेयर बजार लगानीकर्ता उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको बताए । नेपालले बजारमा सुधार हुन नसक्नु शेयर बजारमा बदमासी गर्नेहरूलाई कारबाही गर्ने कानुन नहुनु रहेको उल्लेख गरे ।
उनले पछिल्लो समय नेपालमा समाजवादी तथा प्रगतिशिल विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि शेयर बजारलाई जुवा घर, अनुत्पादन क्षेत्र र साम्राज्यवादको विस्तारित रुप जस्ता विचारले बजार विकास हुन नसकेको बताए । उनले शेयर बजार एकदमै संवेदनशील क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरूले शेयर बजारको विषयमा बोल्नु पर्ने जरुरी नभएको बताए ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक सधैँ बजारप्रति सकारात्मक रहेको बताए । उनले मौद्रिक नीतिमा ४/१२ करोडको सीमा तोक्ने समय गलत भएको बताए । अब नेप्सेलाई सरकारले नीजि साझेदारीका रूपमा अगाडि बढाएर विकास र विस्तार गर्नु पर्ने समय आएको बताए ।
'मुलुकको जिडिपीमा समेत ठूलो योगदान रहेको छ । जीडिपीभन्दा बढीको कारोबार मात्रै गर्दछ । सुधारको लागि नयाँनयाँ सफ्टवेयरहरू ल्याउने र नीजि साझेदारीका रूपमा नेप्सेलाई अगाडि लग्दा राम्रो हुन्छ' उनले भने ।
पूर्वगर्भनर नेपालले विश्वमा नै शेयर बजार अन्तर्राष्ट्रिय रूपमा छरिएर रहेको पैसा बचत गरेर उद्योग व्यवसाय स्थापित गर्ने अत्यन्त उपयोगी संस्था भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।