चालु आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सक्छौँ : आयोग

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालु अर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

संघीय संसद्को विकास समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अनुदान सम्झौता गरेकामध्ये ७७ प्रतिशत (७ लाख २७ हजार १ सय २३) ले निजी आवास पुनर्निर्माण थालेका र त्यसमध्ये ४३ प्रतिशतले निर्माण सम्पन्न गरेको जानकारी दिए । 

गुनासो सुनुवाइ, एकीकृत बस्ती, परम्परागत बस्ती, बस्ती स्थानान्तरण  र जोखिममा परेका वर्गको घर निर्माणको समयावधि भने कार्यकारी समितिले निर्धारण गरेअनुसार हुने उनले बताए । 

अनुदान लिएर अहिलेसम्म घर पुनर्निर्माण नगरेकाहरुलाई घर पुनर्निर्माण गर्न आग्रह गर्दै ज्ञवालीले झुठा विवरण पेस गरी अनुदान लिएको भए पुस मसान्तभित्र फिर्ता गर्न आग्रह गरे ।

शिक्षा, स्वास्थ्य, सरकारी भवन, सुरक्षा निकायका भवन, सम्पदाहरु पुनर्निर्माणमा भएको प्रगति विवरण पेस गर्दै उनले प्राधिकरणको बाँकी अवधि दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न हुने बताए । 

बैठकमा प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पहिला छुट भएका वास्तविक भूकम्पपीडितको पहिचान गर्न समस्या नरहेको उल्लेख गर्दै स्थानीय तहबाट प्रमाणित भएर आए अनुदान पाउन सक्ने बताए ।   



बैठकमा बोल्ने अधिकांश सांसदले पुनर्निर्माणको प्रगति सन्तोषजनक भएको टिप्पणी गर्दै बैठकमा प्रस्तुत कार्ययोजना अनुसारका काम अघि बढाउन आग्रह गरेका थिए । 

बैठकमा सांसदहरु जीपछिरङ लामा, गौरीशंकर चौधरी, गणेश पहाडी, केदार सिग्देल, यज्ञराज सुनुवार, रामबहादुर विष्ट, विनाकुमारी श्रेष्ठ, महेन्द्रराय यादव, अनिल झा लगायतले सुझाब दिएका थिए । 



  • प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार १७:४१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया