सिरहामा जारी निषेधाज्ञा भोलि बिहान ५ बजेबाट खुल्ने, सिके राउतका डेढ दर्जन कार्यकर्ता छुटे

जिल्ला प्रशासन कार्यालय सिरहाले जारी निषेधाज्ञा भोलि बिहान ५ बजेबाट खुलाउने भएको छ। जिल्लामा औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीउ लुटेको आरोपमा एक व्यक्ति पक्राउ परेपछि सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरेको थियो । 

आन्दोलनमा क्रममा तोडफोड बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो। आन्दोलनका क्रममा जनमत पार्टीका डेढ दर्जन कार्यकर्ता पक्राउ परेका थिए । पक्राउ परेको कार्यकर्ताको रिहाइको माग गर्दै राउत समर्थकले आन्दोलन चर्काउँदै लगेका थिए । 

पक्राउ परेका १८ कार्यकर्तालाई समेत प्रशासनले रिहा गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए। यसैगरी जिल्ला अदालत धनुषाको आदेशमा मिथिलेश यादवलाई साधारण तारिखमा रिहा गरेको उनले जानकारी दिए। 

औरही गाउँपालिकाले यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा आपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो।





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार २०:३१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया