म्यानमार नरसंहारमा सेभ द चिल्ड्रेनका दुई कर्मचारी मारिएको पुष्टि

सेभ द चिल्ड्रेनले शनिबार पूर्वी म्यानमारमा ३० भन्दा बढी मानिसको अवशेष फेला परेपछि हराएका आफ्ना दुई कर्मचारीको त्यहीँ हत्या भएको पुष्टि गरेको छ । 

राष्ट्रसंघीय परोपकारी संस्थाले भनेको छ, 'हामीले आज पुष्टि गरिरहेका छौं कि मृत भेटिएका महिला र बालबालिकासहित कम्तीमा ३५ मध्ये सेभ द चिल्ड्रेनका दुई कर्मचारी सदस्यहरू रहेको बुझिएको छ ।'

यही डिसेम्बर २४ अर्थात् गत शुक्रबार कायाह राज्यमा म्यानमार सेनाको नरसंहारमा उनीहरूसमेत परेका हुन् । 

यसै बर्षको फेब्रुअरी १ देखि म्यानमारको सेनाले नेत्री आङसाङ सुकीको निर्वाचित सरकारलाई निलम्बन गरी सत्ता सम्हालेपछि आन्दोलनरत विपक्षी र सुरक्षाकर्मीबीचको झडपहरूमा परी सयौँ नागरिकले ज्यान गुमाएका छन् । यद्यपि गत शुक्रबारको नरसंहारलाई सेनाबाट भएको कहालीलाग्दो घटनाका रूपमा विश्व समुदायले हेरेको छ ।  

शहर नजिकैको एउटा राजमार्गमा दुईवटा जलिरहेको ट्रक र एउटा कारभित्र दर्जनौँ लास भेटिएका थिए । घटनालाई स्थानीय जुन्ता विरोधी लडाकू र अनुगमन समूहले त्यस क्षेत्रका विद्रोहीसँग झडप भएपछि जन्टा फौजले एचप्रुसोमा आक्रमण गरी उनीहरूलाई जिउँदै जलाएको आरोप लगाएका छन् ।

सेभ द चिल्ड्रेनले घटनामा नजिकैको समुदायमा मानवीय सहयोगका लागि पुगेका आफ्ना दुई कर्मचारी परेका बताएको हो । 





  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार २०:३४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया