शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीमा खुलातर्फ विज्ञापन आह्वान गरेको छ । आयोगले बुधबार १३ हजार ९३ पदका लागि विज्ञापन आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले आजदेखि १३ माघसम्म नियमित शुल्कमा र २० माघसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्ने छन् । परीक्षार्थीले अनलाइन माध्यमबाट दरखास्त दिनसक्ने आयोगले जनाएको छ ।
सो विज्ञापनको सामान्यतर्फको परीक्षा आगामी १९ चैतदेखि सुरु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।