इंग्लिस प्रिमियर लिगअन्तर्गत घरेलु टोली लेस्टर सिटीले लिभरपुलमाथि १-० को कठिन जित हात पारेको छ ।
गएराति किङ्ग पावर स्टेडियममा भएको खेलको ५९ औं मिनेटमा एडिमोला लुकमनले गरेको एक गोल नै लेस्टरलाई जित दिलाउन प्रयाप्त बन्यो ।
लिभरपुलले १५ औं मिनेटमा पेनाल्टीमार्फत खेलमा अग्रता लिने मौका पाए पनि मोहम्मद सलाह सफल हुन सकेनन् ।
यो जितसँगै १८ खेलमा २५ अंक जोडेको लेस्टर नवौं स्थानमा रहँदा लिभरपुल १९ खेलबाट ४१ अंकका साथ दोस्रो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।