सेन्ट्रल जोन भलिबल जित्ने नेपाली महिला टोलीलाई राष्ट्रपतिको बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा महिला तर्फको उपाधि विजेता नेपाली टोलीलाई बधाई दिएकी छन् । 

उनले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएकी हुन् । ‘एभिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई हार्दिक बधाई, साथै भविष्यमा निरन्तर सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन् । 

ढाकामा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानमाथि ३–२ सेटको रोमाञ्चक जित हात पार्दै नेपालले उपाधि रक्षा गरेको थियो । 





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १३:४७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया