वर्षाले बाजुराका सडकहरू अवरुद्ध

मंगलबारदेखि सुरु भएको वर्षाले पहिरो जादा बाजुरा जिल्लाको मेरुढण्डको रूपमा रहेको मुख्य राजमार्ग साँफे मार्तडी सडक अबरुद्ध भएको छ । 

वर्षासंगै भएको हिमपालका कारण बल्देमा पहिरो जाँदा बाजुराको यातायात अवरोध भएको छ । बल्देमा सामान्य पानी पर्दासमेत पटक पटक सडक अवरूद्ध हुँदै आएको छ । दुइ महिनाअघि मात्र सञ्चालनमा आएको सडक फेरि अवरुद्ध भएको छ । 
 
त्यसैगरी हिमपातका मार्तडी कोल्टी सडक पनि अवरोध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिका- ७ मा रहेको पोरखे लेकमा अत्यधिक हिमपात भएका कारण मार्तडी कोल्टी सडक अवरोध भएको यातायात व्यवसायीले बताएका छन् ।

वर्षातले साँफे मार्तडी सडक खण्डको बन्देदेखि द्वारीसम्मको सडक पहिरोले विगत पाँच वर्षदेखि तहसनहस हुँदै आएको छ । मंगलबार रातिदेखि बाजुराको उच्च हिमाली क्षेत्रमा हिमपात र बेँसीतिर पानी परि रहेकोले सो क्षेत्रको सडक भासिएको र कच्ची सडक भएकोले केही भागमा हिलाम्मे बनेकोले हिजो रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनदेव साउदले बताएका छन् ।

लगातारको वर्षाले सडक भासिरहेको छ, हिलाम्मे बनेको र पानी नरोकिँदासम्म सडक सञ्चालन हुन नसक्ने बताएका छन् । लगातारको पानीले अन्य ग्रामिण सडकसमेत अवरुद्ध भएको छन् ।





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १७:२०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया