पर्यटन बोर्डका सिइओ रेग्मीलाई निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीलाई निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । विदेशबाट आउँदा मदिरा ल्याएको विषयमा छानबिनका लागि बोर्डले रेग्मीलाई निलम्बन गरेको थियो । 

त्रिभुवन विमानस्थलका कर्मचारीसँग झगडा गरेको विषयमा नेपाल पर्यटन बोर्डले सिइओ रेग्मीमाथि छानबिन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । बोर्डको ऐनअनुसार छानबिन समिति गठनसँगै रेग्मी स्वतः निलम्बन भएका थिए ।

सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

रेग्मीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाएको छ ।





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १७:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया