काठमाडौंका छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला

काठमाडौंको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–३ सानोभर्याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४ का ४२ वर्षीय लोप्साङ गुरुङ आफ्नै कोठामा आज मृत फेला परेको प्रहरीले जनाएको छ । 

यस्तै आजै काठमाडौंको तीलगङ्गास्थित एक होटलमा बसेका झापा दमक घर भएका ४५ वर्षीय नित्य रिजाल पनि मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । दुवै घटनाका विषममा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १८:५२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया