विमान सेन्सरको खराबीका कारण दुर्घटना भएको थियो लायन एयरलाइन्स

एजेन्सी– लायन एयरलाइन्सको फ्लाइट बोइङ ७३७ विमान सेन्सरको खराबीका कारण दुर्घटना भएको खुलेको छ । ब्ल्याक बक्सको डाटाबाट तयार गरिएको रिपोर्टमा सेन्सरको खराबीका कारण दुर्घटना भएकोे जानकारी प्राविधिकले दिएका छन् । 

विमानकोे अटोमेटिक सेफ्टी सिस्टमको अगाडीको भाग पटक पटक तल खसिरहेको र पाइलटले अन्तिम समयसम्म पनि यस सिस्टमलाई नियन्त्रणमा राख्ने प्रयास गरेका थिए । २६ पटक सम्म उनले अटोमेटिक सेफ्टी सिस्टमलाई ब्यालेन्समा राख्न प्रयास गरेका थिए । 

अनुसन्धानकर्ताले सेन्सरले बोइङ ७३७ म्याक्स ८ विमानको अगाडीको भाग तल झुकेको गलत सुचना दिएको या नदिएको पत्ता लगाउन प्रयास गरिरहेका थिए । यो विमान २९ अक्टोबरमा जावाको समुन्द्रमा दुर्घटना भएको थियो । यसमा पाइलटसहित १८९ यात्रुको मृत्यु भएको थियो । 

एभियसन र स्याटलाइट कम्युनिकेशन एक्सपर्ट र बोइङका पूर्वइन्जिनियर पिटर लेमका अनुसार म्याक्स, बोइङ ७३७ को नयाँ भर्सन हो, यसमा एक अटोमेटिक सिस्टम हुन्छ । विमानको अगाडीको भाग हावाको गतिका कारण धेरै माथि उठ्यो भने सेन्सरले यसको जानकारी दिन्छ, यो सिस्टमले माथि उठेको विमानको भागलाई अटोमेटिक ब्यालेन्समा ल्याउँछ । 

यो सेन्सरले पाइलटलाई पटक पटक अगाडीको भाग माथि उठेको जानकारी दिइरहेको थियो । पाइलटले हरेक पाँच सेकेन्डमा माथि उठेको विमानको भागलाई ब्यालेन्समा ल्याउन प्रयास गरिरहेका थिए । पाइलटले जुन तरिकाले सेफ्टी सिस्टम कन्ट्रोल गरिरहेका थिए, उक्त तरिका गलत भएको ब्ल्याक बक्सको डाटामा देखिएको छ । 

लेमका अनुसार सेन्सरले दिएको जानकारी गलत थियो कि सही भन्ने पत्ता लगाउन पाइलटलाई मुश्किल थियो । पछिल्लो उडानका क्रममा यस्तो कुनै समस्याको बारेमा म्याक्सले पाइलटलाई जानकारी दिएको थिएन् । लेम भन्छन् ‘बोइङलाई दुई इमेल र फोन गर्दा पनि जवाफ आएन् ।’ बोइङमा हुन सक्ने समस्याको बारेमा जानकारी नहुँदा पाइलटले गलत सुचना फलो गर्नुपरेको लेम बताउँछन् । 



अमेरिकन एयरलाइन्स र साउथवेस्ट एयरलाइन्सले यो महिनामा म्याक्स एयरलाइन्सले नयाँ सिस्टमको बारेमा कुनै जानकारी नदिएको भन्दै उजुरी गरेका छन् । विश्वभर अहिले २०० म्याक्स जेटले उडान भरिरहेका छन् । 



  • प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार ९:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया