अब उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी
फाइल तस्वीर

सर्वोच्च अदालतपछि अब जिल्ला र उच्च अदालतमा पनि गोला प्रणालीबाट पेसी तोकिने भएको छ । बुधबार पेसी व्यवस्थापनसम्बन्धी निर्देशिका फुलकोर्टबाट पारित भएसँगै जिल्ला र उच्च अदालतमा गोला प्रक्रियाबाट पेसी तोक्ने बाटो खुलेको हो । 

यसअघिको फुलकोर्ट बैठकले पेसी तोक्नका लागि नियमावली बनाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको थियो भने अदालतले आवश्यक तयारी गरेर फुलकोर्टमा निर्णयार्थ पेस गरेपछि आज बसेको बैठकले पारित गरेको हो । अब आगामी माघ २ गतेदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकिने छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध न्यायाधीशहरूले इजलास बहिष्कार र नेपाल बार एसोसियसनले विरोध गरेपछि मंसिर १५ देखि सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोक्न थालिएको थियो ।





  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार २०:४८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया