तमु ल्हाेसारकाे अवसरमा प्रधानमन्त्री देउवाले दिए शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायकाे पर्व ‘तमु ल्होसार’काे अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

हरेक साल पुस १५ मा याे चाड मनाइने गरिन्छ । गुरुङ समुदायमा पुरानाे वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतु याे पर्व मनाउने चलन रहेकाे छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् 

‘नेपाली संस्कार र संस्कृतिमा आआफ्नै विशिष्ट पहिचान र विशेषता रहेको छ । विविधताभित्रको एकता र समाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण पनि हुन् । यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको एक ल्होसार पनि हो’, प्रधानमन्त्री देउवाले आज जारी गरेको शुभकामना सन्देशमा भनिएकाे छ ।

काेराेना संक्रमणकाे जाेखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्ड अपनाउँदै पर्व मनाउन प्रधानमन्त्री देउवाले आग्रह पनि गरेका छन् ।

तमु ल्होसारकाे अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार ८:४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया