गान्धीलाई गाली गर्ने कालीचरण पक्राउ

महात्मा गान्धीलाई गाली गर्ने कालीचरण महाराज पक्राउ परेका छन् । कालीचरणलाई भारतको रायपुर प्रहरीले पक्राउ गरेको हो ।

कालीचरणले रायपुरको धर्म संसदमा गान्धीलाई गाली गरेका थिए ।

रायपुरका एसपी प्रशान्त अग्रवालका अनुसार बागेश्वर धाम नजिक एक व्यक्तिको घरबाट उनलाई पक्राउ गरिएको हो । कालीचरणले नजिकै एक लज पनि बुक गरेका थिए।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले कालीचरणको खिलाफ राजद्रोहको कानुन पनि लगाएको छ । उनलाई अब रायपुरको स्थानीय अदालतमा पेस गरिनेछ ।

रायपुर धर्म संसदको एक भिडियो भाइरल भएको थियो । जसमा कालीचरणले गान्धीको बारेमा अभद्र शब्द प्रयोग गरी नाथुराम गोड्सेको प्रशंसा गरेका थिए।

प्रहरीले रायपुर निगमका प्रवक्ता तथा कांग्रेस नेता प्रमोद दुबेको उजुरीमा कालीचरणलाई पक्राउ गरेको हो ।
 





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार ९:३१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया