तमु ल्हाेसारकाे अवसरमा मन्त्री खतिवडाले दिए शुभकामना

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले गुरुङ समुदायकाे पर्व ‘तमु ल्होसार’काे अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

मन्त्री खतिवडाले यस पर्वले तमु जातिलगायत सम्पूर्ण नेपालीमा हार्दिकता, सहिष्णुता, सद्भाव र सम्मान कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘हाम्रो देशमा समुदाय तथा स्थान विशेषअनुसार फरक-फरक भाषा, धर्म, संस्कृति, वेषभूषा रहेका छन्, जुन हाम्रो गहना हो, यस्ता विविध खालका परम्परा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु राज्यको कर्तव्य हो’, मन्त्री खतिवडाले आज जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।

विविध रङका फूलको साझा फूलबारीका रुपमा रहेको मुलुकमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता भएकाले एक अर्काको धर्म, संस्कृति, परम्परा र रीतिरिवाजप्रति उच्च सम्मान गर्नुपर्ने मन्त्री खतिवडाले आग्रह गरेका छन् ।

यसैगरी मन्त्री खतिवडाले काेराेनालाई मध्यनजर गरी चाडपर्व मनाउन अनुराेध गरेका छन् ।

हरेक साल पुस १५ मा याे चाड मनाइने गरिन्छ । गुरुङ समुदायमा पुरानाे वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतु याे पर्व मनाउने चलन रहेकाे छ ।



‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् 

तमु ल्होसारकाे अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।



  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १०:१८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया