नेकपा माओवादी केन्द्रको आज पाँचौं दिनको बन्दसत्र सुरु भएको छ । राजधानीस्थित प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनमा विभिन्न २५ समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि गरेको छलफलको निष्कर्ष सुनाउने क्रम जारी छ ।
आजको बैठकमा १४ समूहले आफ्नो निष्कर्ष सुनाउनेछन् । २५ समूहमध्ये ११ समूहले बुधबार आफ्नो समूहको निष्कर्ष सुनाइसकेका छन् ।
आज ११ बजे सुरु हुने भनिएको महाधिवेशनको बन्दसत्र अध्यक्ष दाहाल आएपछि केहीबेर ढिला सुरु भएको हो ।
महाधिवेशनको नेतृत्व चयन प्रक्रिया आजैबाट सुरु हुनेगरी तयारी अगाडि बढाइएको छ ।
माओवादीमा अध्यक्ष प्रचण्ड निर्विकल्प छन् । अन्य पदाधिकारीको टुंगो कसरी लगाइन्छ भन्ने आम चासो छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।