नेकपा एमालेका नेता भीम रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेकोबारे सरकार र ठूला दलको धारणा माग गरेका छन् ।
‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ?,’ उनले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन् ।
देशको गम्भिर मुद्दालाई छोडेर गठबन्धन सरकार प्रदेशमा मन्त्रालय फुटाएर भागबण्डामा व्यस्त रहेको आरोप समेत उनले लगाएका छन् ।
‘किन मौन ? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो ?,’ रावलले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।