यस्तो छ कांग्रेस नेताहरूको वरीयता क्रम [सूचीसहित]
फाइल तस्वीर

नेपाली कांग्रेसका नेताहरूको वरीयता क्रम सार्वजनिक भएको छ । सार्वजनिक वरीयतामा नेता शेखर कोइराला पार्टीको २० औँ नम्बरमा परेका छन् ।

उनी १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए । सभापतिमा पराजित भएका उनको वरीयता २० औँ नम्बरमा सभापति देउवाले तोकेका हुन् । सभापति देउवाले उनीअघि राप्रपा परित्याग गरी कांग्रेस भित्रिएका पूर्वसहमहामन्त्री सुनिल थापालाई राखेका छन् । थापाको वरीयता नम्बर १९ छ । 

यसअघिका महाधिवेशनमा पार्टीको वरीयतामा सभापतिमा पराजित नेता दोस्रो नम्बरमा रहने गरेका थिए । १३ औं महाधिवेशनमा पराजित रामचन्द्र पौडेलको वरियता दोस्रो नम्बरमा थियो ।

त्यसअघि १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित हुँदा पनि देउवाको वरियता दोस्रो नम्बरमा राखिएको थियो । १३औँ महाधिवेशनपछि उनको वरीयता ३५ औं नम्बरमा थियो ।

नयाँ वरीयतामा पार्टी सभापति देउवापछि उपसभापति पूर्णबहादुर खड्‍का र धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू छन् । त्यसपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइरालालगायतका नेताहरू रहेका छन् ।





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १९:९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया