जमेको हिउँ पन्छाएपछि बैतडीस्थित दशरथचन्द राजमार्ग खुलेको छ। हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकी नेतृत्वको टोलीले राजमार्गअन्तर्गत देहिमाडौं, कठपते, सतबाँझलगायत क्षेत्रको हिउँ हटाएको हो।
बुधबारदेखि परेको बाक्लो हिमपातले राजमार्ग अवरुद्ध र जनजीवन प्रभावित हुन थालेकोले हिउँ हटाइएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिए।
यसका साथै कठपतेमा रहेको टेलिकमको टावरआसपास क्षेत्रको हिउँ पनि हटाएको जनाएको छ। यसैगरी हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द र जयपृथ्वी राजमार्ग सुचारु भएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।