कतारमा बिनामास्क बाहिर हिँडे ५० रियाल जरिवाना

कतारमा बिनामास्क बाहिर हिँडेमा ५० कतारी रियाल अर्थात् १ हजार ६३५ नेपाली रुपैयाँ तिर्नुपर्ने भएको छ । फेरि कोरोना संक्रमित बढ्न थालेपछि कतारले शुक्रबारदेखि बिनामास्क​ घरबाहिर निस्किएमा जरिवाना स्वरूप ५० रियाल जरिवाना तोकेको हो ।

६ वर्षमाथि उमेरका सबैलाई अनिवार्य मास्कको प्रयोग गर्न आह्वान गर्दै यहाँको जनस्वास्थ्य मन्त्रालयले बिनामास्क​ भेटेमा पहिलोपटक ५० र दोहोर्‍याएमा १०० रियालसम्म जरिवाना गराउने जनाएको छ ।

मन्त्रालयका अनुसार सबै बन्द र खुला सार्वजनिक स्थानहरूमा मास्क लगाउन अनिवार्य गरिएको छ ।  

‘जनसंख्याको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न र कोभिड–१९ को फैलावट कम गर्न सबै बन्द तथा खुला सार्वजनिक स्थलहरूमा मास्क लगाउन अनिवार्य गरिएको छ,’ जनस्वास्थ्य मन्त्रालयले ट्विटरमाफत् भनेको छ । 

कतारमा पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा कतारमा एक संक्रमितको मृत्यु हुँदा १६२ जना संक्रमणमुक्त भएका छन् । 





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार ७:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया