टेस्ट क्रिकेटबाट सन्यास लिने डी ककको घोषणा

दक्षिण अफ्रिकाका पूर्वकप्तान क्‍विनटन डी ककले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

२९ वर्षीय विकेटकिपर ब्याट्सम्यान डी ककले परिवारलाई थप समय दिने भन्दै टेस्टबाट सन्यास लिएको दक्षिण अफ्रिका क्रिकेटले जनाएको छ ।

डी ककले घरेलुभुमिमा भइरहेको टेस्ट सिरिजको पहिलो खेलमा भारतसँग ११३ रनले पराजित भएपछि टेस्टबाट सन्यास लिने निर्णय गरेका हुन् ।

२०१४ मा अष्ट्रेलियाविरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यु गरेका डी ककले दक्षिण अफ्रिकाका लागि ५४ टेस्टमा ६ शतक र २२ अर्धशतकसहित ३ हजार ३०० रन बनाएका छन् । 
 





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १०:४५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया