राजस्थानमा गधा चोरी हुन थालेपछि प्रहरी हैरान

भारतको राजस्थानस्थित हनुमानगढ जिल्लामा किसानले पालेका गधा चोरीका घटना दोहोरिन थालेका छन् । चोरीका घटना बढेपछि त्यहाँ प्रहरी हैरान भएका छन् । 

बिबिसीका अनुसार गधा चोर पत्ता लगाउन प्रहरीले छुट्टै टोली बनाएको छ । साथै, मानिसहरूलाई आफ्ना गधा घरभित्रै राख्न सुझावसमेत दिइएको छ ।

हनुमानगढको खुईयाँ थाना क्षेत्रका कैयौँ गाउँमा १० डिसेम्बरयता गधा चोरी भएको भन्दै प्रहरीमा लगातार उजुरी पर्न थालेको हो । उजुरी दिएको लामो समयसम्म पनि प्रहरीले चासो नदिएपछि गोठालाहरूले प्रहरी चौकीअगाडि धर्नासमेत सुरु गरेका छन् ।

हनुमानगढ जिल्लामा कृषिपछि सबैभन्दा धेरै गरिने व्यवसाय भनेको पशुपालन हो । यहाँका गोठालाले भेडा, बाख्राबाख्री र गाईसँगै एउटादेखि दुईवटा गधा पनि राख्ने गर्छन् ।   





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १०:४६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया