भारतको अरुणाञ्चलमा चीनको दाबी, फेरिदियो १५ स्थानको नाम

चीनले भारतको अरुणाञ्चलमाथि आफ्नो दाबी पुन दोहो¥याउँदै त्यहाँको १५ स्थानको नाम फेरेको छ । 

चीनले चिनियाँ, तिब्बती र रोमन भाषामा अरुणाञ्चलको १५ स्थानको नयाँ नाम सार्वजनिक गरेको हो । 

यसअघि चीनले सन् २०१७ मा अरुणाञ्चलका ६ स्थानको नाम फेरेको थियो । चीनले अरुणाञ्चलको केही भूभाग आफ्नो भएको दाबी गर्दै आएको छ । 

बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सले अरुणाञ्चलका १५ स्थानको नाम परिवर्तन गरिएको समाचार प्रकाशित गरेको थियो । त्यसपछि यसले भारतमा हलचल ल्याएको छ । 

ग्लोबल टाइम्सका अनुसार चीनको नागरिक मामिला सम्बन्धि मन्त्रालयले बुधबार अरुणाञ्चलका फेरिएका नामको सूची सार्वजनिक गरेको थियो । 

चीनले अरुणाञ्चललाई दक्षिणी तिब्बत मान्दै आएको छ । भारत र चीनबीच ३ हजार ६ सय किलोमीटर सीमा जोडिएको छ । सन् १९१२ सम्म तिब्बत र भारतबीच स्पष्ट सीमा रेखा कोरिएको थिएन । 



ती क्षेत्रमा मुगल र अंग्रेजको पनि नियन्त्रण थिएन । भारत र तिब्बत पनि सीमालाई लिएर स्पष्ट थिएनन् । सन् १९१४ मा तिब्बत, चीन र ब्रिटिश भारतका प्रतिनिधिको बैठकले सीमा रेखा निर्धारण गरेको थियो । 

चीनले तिब्बतलाई कहिल्यै पनि स्वतन्त्र देश मानेको छैन । सन् १९१४ मा भएको सिमला सम्झौतामा पनि चीनले यो कुरा मानेको छैन । सन् १९५० मा चीनले तिब्बतलाई पूर्णरुपमा आफ्नो कब्जामा लिएको थियो । 



चीनले नयाँ नाम राखेकोमा आपत्ति जनाउँदै भारतले चीनको दाबी अस्वीकार्य भएको प्रतिक्रिया दिएको छ । भारतको विदेश मन्त्रालयले भनेको छ, ‘अरुणाञ्चल भारतको अभिन्न अंग हो र सधै रहनेछ ।’

  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १३:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया