कृषि क्षेत्रकाे विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ : अर्थमन्त्री शर्मा
फाइल फाेटाे

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघको १४औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्ताे बताएका हुन् । 

अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

उनले किसानहरूलाई संगठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरूलाई सचेत गराए । त्यसका लागि उनले सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिए ।

अर्थमन्त्री शर्माले भने, ‘हाम्रो किसान, हाम्रो भूमि, हाम्रो हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित गरेर परिचालित गर्न सक्दा मात्रै हाम्रो देशको विकास र उन्नति हुने भएकाले किसानहरूको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका छ । कृषि क्षेत्रले पाउनुपर्ने सेवा र सुविधा पाइरहेको छैन । त्यतातिर हाम्रो ध्यानाकर्षण भएको छ । कृषि सहकारीमा लाखौं किसानहरू संगठित हुनु भएको छ । र, सहकारीहरूले संगठित रूपमा किसानहरूलाई व्यवसायीकरण पनि गर्ने, आत्मनिर्भर पनि बनाउने, परिचालित पनि गर्ने र देश निर्माणमा एउटा महत्वपूर्ण योगदान गर्नुपर्दछ ।’

अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरू राज्यबाटै उपेक्षित भएको स्वीकार गर्दै अब उनीहरूलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरू स्थापना गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।



उनले कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पुँजी निर्माण गर्ने अभियानमा सहकारी संस्थाहरूकाे भूमिका महत्वपूर्ण हुने बताए ।

 



  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १३:१९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया