आगलागीबाट डेढ करोडभन्दा बढीको क्षति

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा बिहीबार बिहान एक घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको छ । स्थानीयवासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा एक करोड ६५ लाख रुपैयाँ मूल्यबराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार १४ कोठा भएको दुईतले घर, त्यहाँ भएका लत्ताकपडा, खाद्यान्नलगायत धनमाल जलेर एक करोड ५० लाख रुपैयाँबराबरको सम्पत्ति क्षति भएको छ । यसैगरी, सोही घरमा सागर नेपालीले सञ्चालन गरेको दर्शन फर्निचर उद्योगमा पनि पन्ध्र लाख रुपैयाँबराबरको क्षति पुगेको अनुमान गरिएको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीले तीन घन्टापछि बिहान ६ बजेतिर आगलागी नियन्त्रणमा लिएका थिए । विद्युत् सर्ट अथवा आगोको झिल्कोबाट आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए । 

पीडितलाई जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारको कोषमार्फत राहतको व्यवस्था मिलाइने गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनले बताए । 





  • प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार १४:३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया