नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे आफ्नो दस्तावेजमा जे छ त्यहीँ पारित हुने बताएका छन् ।
प्रचण्डले आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा सो कुरा जानकारी गराएका हुन् । प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि विभिन्न २५ वटा समूहमा समूहगत छलफल भएको थियो ।
उनले संशोधन गरेर मात्र एमसिसी संसदबाट पारित हुने जानकारी गराएका छन् । उनले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनेका छन्,‘दस्तावेजमा जे लेखिएको छ, एमसिसीबारे त्यहीँ लाइन हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।