\
नवलपरासीमा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नवलपुरको मध्यबिन्दु-१२ की स्थानीय ३९ वर्षीया बरिसा सारु रहेकी छन् ।
शुक्रबार बिहान घर नजिकैकाे जंगलमा साग टिप्न गएकाे बेला सारुलाई बाघले आक्रमण गरेकाे हाे । उनीसँग साग टिप्न गएका अन्य भने ज्यान जाेगाउन सफल भए ।
गएकाे मंसिरमा नवलपुरकाे विनयी त्रिवेणीमा बाघकाे आक्रमणमा परी एक जनाले ज्यान गुमाएका थिए ।
बाघकाे आतंक बढेकाे भन्दै त्रिवेणी गाउँपालिकाले केही दिनअगाडि मात्र सार्वजनिक सूचना जारी गरी वनमा नजान आग्रह गरेकाे थियाे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।