माओवादीकाे नेतृत्व चयन आजै
फाइल फाेटाे

काठमाडौंमा जारी नेकपा माओवादीको आठौं महाधिवेशनअन्तर्गत आज नेतृत्व चयन हुने भएको छ।

बिहान ११ बजेदेखि सुरु भएको बन्दसत्रबाट विधान मस्यौदा पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ । 

विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ माओवादी नेता देव गुरुङले दिनेछन् । जवाफपछि मस्यौदा पारित गर्ने कार्यसूची रहेकोे छ । पारित भएपछि नेतृत्व चयनको विषय बन्दसत्रमा प्रवेश पाउने छ । 

माओवादीमा १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयनको व्यवस्था छ । माओवादी यसपटकदेखि १५ सदस्यीय पदाधिकारीको व्यवस्थामा गएको हो।

अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दोहोरिने पक्कापक्की देखिए तापनि महासचिवमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसालको दाबेदारी छ ।
 





  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार ११:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया