माओवादी महाधिवेशन : १५ प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव प्रस्तुत

नेकपा माओवादी केन्द्रको पदाधिकारी संख्या केन्द्रीय समितिले आवश्यकता अनुसार निर्धारण गर्ने भएको छ । माओवादीको आठौं महाधिवेशन जारी छ । जारी महाधिवेशनको आज सातौं दिन हो। 

आजको बन्दसत्रमा केन्द्रीय समितिका पदाधिकारी निर्वाचित गर्नेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी आजै निर्वाचित हुने बताएका छन् । 

विधानमा रहेको बहुपदीय कायम राख्दै पदाधिकारी संख्या केन्द्रीय समितिले आवश्यकता अनुसार निर्धारण गर्ने निर्णय भएको हो । जसमा १५ प्रतिशत मनोनित गर्ने निर्णय भएको छ ।

माओवादीको विधानमा २९९ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरेको छ । त्यस्तै, १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरिएको छ । यसअघि केन्द्रीय समिति १० प्रतिशत मनोनित गर्ने निर्णय भएको थियो । मनोनित केन्द्रीय सदस्य पनि १० प्रतिशतबाट बढेर १५ प्रतिशत पुर्‍याएकाे हो ।

त्यस्तै, जिल्ला समन्वय समितले २५ प्रतिशतसम्म मनोनित गर्नसक्ने प्रस्ताव गुरुङले बन्दसत्रमा पेश गरेका छन्।

जारी बन्दसत्रमा नेकपा नेता देव गुरुङले विधानसम्बन्धी सो प्रस्ताव अघि बनाएका हुन् ।





  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार ११:५६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया