नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रजातन्त्र व्यवहार भएको भन्दै भाषण मात्र नभएको बताएका छन् ।
‘प्रजातान्त्रिक संसारमा आफूसँग फरक मत राख्ने व्यक्तिलाई सबैभन्दा नजिकको साथीको रूपमा सम्मान गरिन्छ, प्रजातन्त्र व्यवहार हो भाषण होइन,’ भण्डारीले फेसबुकमा लेखेका छन् ।
उनी केही दिनअघि सम्पन्न १४ औं कांग्रेस महाधिवेशनमा उपसभापति पदमा पराजित भएका थिए । भण्डारी शेखर कोइराला प्यानलबाट उपसभापति पदका लागि प्रतिस्पर्धामा थिए ।
गुल्मीबाट प्रतिनिधित्व गर्दै आएका भण्डारीलाई देउवाले केन्द्रीय सदस्यमा पनि मनोनीत गरेका छैनन् । सभापतिले विधानअनुसार ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न पाउँछन् । जसअनुसार देउवाले शनिबार १० जनालाई केन्द्रीय मनोनीत गरिसकेका छन् ।
१० जना केन्द्रीय सदस्यमा भण्डारीको नाम भने छैन । उनको यो स्टाटस पनि देउवाकै यो शैलीविरुद्ध आकर्षित देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।