ट्रकले ठक्कर दिँदा एककाे मृत्यु

दाङमा ट्रकले ठक्कर दिँदा एककाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा अन्दाजी ६० वर्षीय पुरुष रहेका छन् । उनकाे सनाखत हुन भने बाँकी नै छ ।

राप्ती गाउँपालिका-५ लठुवामा राति करिब १० बजेतिर पैदल हिँडिरहेका उनलाई लु १ ख ९६४७ नम्बरकाे मिनीट्रकले ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनकाे उपचारकाे क्रममा अस्पतालमा मृत्यु भएकाे हाे ।

फरार ट्रक चालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
 





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १०:५०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया