कल्याण, प्रदीप र जीवनबहादुर केन्द्रीय सदस्यमा मनोनीत, मनोनीत गर्न २० बाँकी

कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् । नेताहरू कल्याणकुमार गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई देउवाले मनोनीत गरेका हुन्। 
 
नेता गुरुङ सभापतिमा पराजित भएका हुन् । सभापतिको पहिलो चरणको निर्वाचनमा उनी पाँचौं भएका थिए । दोस्रो चरणमा भने उनले देउवालाई समर्थन गरे । 

नेता पौडेल महामन्त्रीमा पराजित भएका थिए । पार्टीमा उनी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । 

शाही भने सहमहामन्त्री पदमा पराजित भएका थिए । उनी कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत हुन्। पदाधिकारीमा पराजित भएका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने अधिकार सभापतिलाई छ । 

सोहीअनुसार यसअघि शनिबार देउवाले रामचन्द्र पौडेलसहित १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । अब, देउवाले २० जना नेतालाई मनोनीत गर्न पाउने छन् । 

एक तिहाइ महिलालाई मनोनीत गर्नुपर्ने तर मनोनीत भएकामध्ये २ जना मात्रै महिला छन् । यस आधारमा कम्तीमा १३ जना महिला नेता मनोनीत गर्नुपर्ने बाध्यता देउवालाई छ । 

महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए । कांग्रेस केन्द्रीय समिति भने १६७ सदस्यीय छ।





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १४:२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया