माओवादी केन्द्रको निर्वाचन कार्यतालिका फेरि संशोधन

नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका पुनः संशोधन भएको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार केन्द्रीय सदस्यको निर्वाचनका लागि तय भएको तालिकामा संशोधन भएको हो । 

संशोधित कार्यतालिका अनुसार दिउँसो ४ बजेदेखि ६ बजेसम्मका लागि मनोनयन पत्र दर्ता गर्ने समय छुटाइएको छ । त्यस्तै, उम्मेदवारको मनोनयनपत्र दर्ता सूची प्रकाशनका लागि साढे ६ बजेसम्मको समय तोकिएको छ । 

माओवादीले यसअघि एकपटक निर्वाचन कार्यतालिका संशोधन गरिसकेको छ । केन्द्रीय कमिटी सदस्यको नाम सर्वसममत गर्ने प्रयास माओवादीभित्र जारी छ । बन्दसत्र सुरु हुनुअघि स्थायी कमिटीका सदस्यहरू छलफलमा छन् । केहीबेरमा बन्दसत्र सुरु हुने जनाइएको छ । 

संशोधित कार्यतालिकाअनुसार भोलि बिहान ८ बजेदेखि १ः२५ सम्मका लागि मतदानको समय तोकिएको छ । 

यसअघि अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ४५ पृष्ठ लामो राजनीतिक दस्तावेजमाथि छलफल भएको थियो । विभिन्न २५ समूहमाथि भएको छलफलपछि सो प्रतिवेदन बन्दसत्र हलबाट पारित भएको थियो ।

त्यसपछि माओवादीले आफ्नो विधान पारित गरिसकेको छ ।



महाधिवेशनको मुख्य आकर्षण बनेको केन्द्रीय पदाधिकारी र सदस्यहरुको नामावली टुंगो लगाउने बारे आजको बन्दसत्र केन्द्रित छ । माओवादीमा अध्यक्षमा प्रचण्ड निर्विकल्प देखिएका छन् । त्यसपछि उत्तराधिकारीको रुपमा लिइने महासचिव पदमा सबैको चासो रहेको छ । 

सकेसम्म सर्वसम्मती पदाधिकारी र केन्द्रीय कमिटी छनोट गर्ने नभए लोकतान्त्रिक प्रणालीबाट निर्वाचनमा जाने अध्यक्ष प्रचण्डको भनाइ छ ।



  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १४:१३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया