केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन सम्पन्न गर्ने तयारीमा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु गर्ने तयारी छ । अहिले स्थायी कमिटी बैठक सकेर नेताहरू अझै गृहकार्यमा जुटेका छन् । 

सकेसम्म केन्द्रीय सदस्यको नाम सर्वसम्मत पेस गर्नका लागि नेताहरूबीच छलफल जारी छ । माओवादीले दिएको जानकारी अनुसार अहिले सबै प्रतिनिधिहरू हलमा प्रवेश गरिसकेका छन् । स्थायी कमिटीका सदस्यहरूको छलफलपछि लगत्तै बन्दसत्र सुरु हुने जनाइएको छ । 

आज पार्टीको केन्द्रीय कमिटी चयन गरेर बन्दसत्र सम्पन्न गर्ने नेताहरूको तयारी छ । 

यसअघि अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ४५ पृष्ठ लामो राजनीतिक दस्तावेजमाथि छलफल भएको थियो । विभिन्न २५ समूहमाथि भएको छलफलपछि सो प्रतिवेदन बन्दसत्र हलबाट पारित भएको थियो ।

त्यसपछि माओवादीले आफ्नो विधान पारित गरिसकेको छ ।

महाधिवेशनको मुख्य आकर्षण बनेको केन्द्रीय पदाधिकारी र सदस्यहरुको नामावली टुंगो लगाउने बारे आजको बन्दसत्र केन्द्रित छ । माओवादीमा अध्यक्षमा प्रचण्ड निर्विकल्प देखिएका छन् । त्यसपछि उत्तराधिकारीको रूपमा लिइने महासचिव पदमा सबैको चासो रहेको छ । 



सकेसम्म सर्वसम्मति पदाधिकारी र केन्द्रीय कमिटी छनोट गर्ने नभए लोकतान्त्रिक प्रणालीबाट निर्वाचनमा जाने अध्यक्ष प्रचण्डको भनाइ छ ।



  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १४:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया