केन्द्रीय कमिटीको नाम प्रस्तुत गर्दै प्रचण्ड : २५६ को टुंगो लाग्यो, ४३ जना प्रचण्डले थप्दै
फाइल फाेटाे

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीका सदस्यहरूको नाम टुंगिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहीबेरमा सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीका सदस्यहरूको नाम पढेर सुनाउनेछन् । 

केन्द्रीय कमिटीको नाम सर्वसम्मत गराउनका लागि नेताहरूको कसरत दुई दिनदेखि जारी छ । हिजो (शनिबार) का लागि तय भएको निर्वाचनको कार्यतालिका दुईपटक संशोधन भइसकेको छ। 

निर्वाचन तालिका संशोधन गरेर केन्द्रीय कमिटी सहमतिमै सुनाउने प्रचण्डको तयारी हो । 

आज बसेको स्थायी कमिटी बैठकमा नेताहरूबीच सहमतिकै आधारमा केन्द्रीय कमिटी टुंगो लगाउनेबारे छलफल भएको थियो । प्रदेशबाट आएका सुझावलाई आधार मान्दै प्रचण्डले केन्द्रीय सदस्यको टुंगो लगाएका हुन् । 

जसमा प्रदेश १ बाट ४१, प्रदेश २ बाट २५, बागमतीबाट २५, गण्डकीबाट २४, लुम्बिनी प्रदेशबाट ४०, कर्णालीबाट ३१, सुदूरपश्चिम प्रदेशबाट २९ र विशेष, सम्पर्क र प्रवासबाट १४ जनाको कोटा निर्धारण गरिएको थियो । सोहीअनुसार २५६ जनाको नाम टुंगो लागेको जनाइएको छ । 

बाँकी ४३ जनाको नाम राखेर प्रचण्डले बन्दसत्रमा प्रस्ताव गर्नेछन् । प्रचण्डले सकेसम्म सहमतिबाटै केन्द्रीय कमिटी चुन्ने हिजै बताएका थिए ।





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १४:३१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया