अतिरिक्त शुल्क लिने मेडिकल कलेजमाथि छानबिन गर्न गृहको निर्देशन

अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन रोकेका मेडिकल कलेजलाई छानबिनको दायरामा ल्याउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क लिन दबाब दिँदै शुल्क नबुझाउने मेडिकल कलेजको छानबिन गरी प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले पत्र लेख्दै ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्ला जिल्ला प्रशासनलाई सो निर्देशन दिएको हो ।

तोकिएभन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजलाई कानुनको दायरामा ल्याउन आवश्यक पहल गर्न तथा उक्त कार्यको प्रतिवेदन पठाइ जानकारी दिन मन्त्रालयले निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगलाई बोधार्थ दिँदै गृहले १२ जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १४:५०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया