दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

दक्षिण अफ्रिकाको राजधानी केप टाउनस्थित संसद भवनमा आगलागी भएको छ । 

संसद भवनबाट ठूलो आगोको मुस्लो निस्केको समाचार संस्था बिबीसीले जनाएको छ । 

अहिले आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो नियन्त्रणमा लिन ठूलो संख्यामा दमकल र अग्नि नियन्त्रक परिचालन गरिएको छ । 

आगलागी के कारण भएको हो भन्ने कुनै जानकारी दिइएको छैन । प्रहरीले आगलागीको कारण पत्ता लगाउन जाँच सुरु गरेको जनाएको छ । 

घटनामा हालसम्म कोही पनि हताहत नभएको बताइएको छ । 

दक्षिण अफ्रिकाको संसद भवन तीन हिस्सामा निर्माण गरिएको छ । सबैभन्दा पुरानो हिस्सा सन् १८८४ मा बनाइएको थियो । बाँकी दुई हिस्सा १९२० र १९८० मा निर्माण गरिएको थियो । 





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १५:३२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया