बेनिशा हमालः मेरो खास आइडल कोही छैन

‘तपाईं कसलाई आफ्नो आइडल मान्नुहुन्छ ?’ यो मलाई धेरै सोधिने प्रश्न हो । मलाई यो प्रश्न प्रायजसो अन्तर्वार्तामा सोधिन्छ ।

म धेरैबाट प्रभावित भएकी छु । धेरै मान्छेबाट धेरै कुरा सिकेको छु । कलाकारबाट मात्रै होइन, अन्य क्षेत्रका मान्छेबाट पनि मैले धेरै कुरा सिकेको छु । तर आफू कलाकार भएकाले बढी प्रभावित भने कलाकारबाट नै भएकी छु । 

नेपाली र विदेशी दुवै ठाउँका कलाकारको काम र अभिनयबाट धेरै कुरा सिक्न पाएकी छु । 

नेपाली सिनेजगत्मा गौरी मल्ल, जल शाहको अभिनय निकै मन पर्छ । उहाँहरूको अभिनय न्याचुरल लाग्छ । त्यसैगरी, करिश्मा मानन्धरको लुक्स र पर्सानिलिटीबाट पनि म धेरै प्रभावित भएकी छु । 

कलाकारिता पेसामा आबद्ध आफ्ना अरू साथीको पनि समय–समयमा तारिफ गरिरहेकी हुन्छु । 

मलाई अमेरिकन अभिनेत्री मेरल इस्ट्रिप मन पर्छ । उनी जसरी अभिनय गर्छिन, त्यो स्तरको अभिनय गर्न सायद अरू कसैलाई मुस्किल पर्ला । उनी जस्तो रोल पनि सहजै गर्न सक्छिन् । उनको अनुहारमा कामको थकान कहिल्यै पनि झल्किँदैन । गाह्रो भन्दा गाह्रो काम पनि उनी सहजै गर्न सक्छिन् । भन्नुको अर्थ म धेरै कलाकारको काम र अभिनयबाट प्रभावित भएकी छु ।



त्यसकारण म कोही एकजनाबाट मात्र प्रभावित छैन, जसलाई म आफ्नो आइडल नै मानौँ । 

कोही एकजनालाई मात्र आइडल मान्दा आफ्नोपन हराउन सक्छ । कसैलाई अन्धो भएर पछ्याउँदा, कसैलाई आफ्नो आइडल मान्दा उसको गुण आफूमा आउँछ । जसबाट आफ्नो मौलिकतामा ह्रास आउँछ । हरेक काम उसकै जसरी गर्ने बानी पर्न जान्छ । 



यसो भन्दै गर्दा फेरि आइडल मान्नेलाई नराम्रो अथवा अनादर गर्न खोजेको भने होइन । 
 

  • प्रकाशित मिति : मंसिर १४, २०७५ शुक्रबार ११:५९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया