डोबाटे विश्वकर्माले पाए आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी
फरकधार / १८ पुस, २०७८
यो सामग्री सेयर गर्नुहोस्

डेढ महिनाअघि गण्डकी प्रदेशको विनाविभागीय मन्त्रीमा नियुक्त भएका डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनी गत असोज २५ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका थिए।



उनलाई मुख्यमन्त्री कार्यालयकै एउटा कोठामा कार्यकक्षको व्यवस्था गरिएको थियो । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार उनलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो । 



यसअघि सो मन्त्रालय मुख्यमन्त्रीको मातहतमा थियो । प्रदेश सरकारले पुस १२ गते कार्यविभाजन नियमावली संशोधन गरेर अलग्गै मन्त्रालय बनाउने निर्णय गरेको थियो । 



विश्वकर्मालाई जिम्मेवारी दिनकै लागि नियमावली संशोधन गरिएको थियो । विश्वकर्माले पुस १६ गते कार्यभार सम्हालिसकेका छन्। 







  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १७:५६:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया