पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो ।
पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको हो ।
दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिए ।
उनका अनुसार पाँच–सातजनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मन्दिरमा रहेका मूर्ति र अन्य सामग्री सुरक्षित छन् । घटनाको प्रकृति हेर्दा पैसाका लागि चोरी गरिएको अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।