इंग्लिस प्रिमियर लिगअन्तर्गत घरेलु टोली चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् । आइतबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै टोली २–२ को बराबरी खेलेका हुन् ।
दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सी अंक खोस्न सफल भयो । खेलको नवौं मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा मोहम्मद सलाहले टोलीको अग्रता दोब्बर बनाए ।
४२ औं मिनेटमा चेल्सीका माटियो कोभासिसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । पहिलो हाफको थप गरिएको समयमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीलाई २–२ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा कुनै पनि टोलीबाट गोल हुन नसक्दा दुवैले अंक बाँडे । यो बराबरीसँगै चेल्सी २१ खेलमा ४३ अंक जोडेर दोस्रो तथा लिभरपुल २० खेलमा ४२ अंकका साथ तेस्रो स्थानमा यथावत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।