कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य

नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौंमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० मध्ये ९ जिल्लाबाट केन्द्रीय सदस्यमा चयन गरेको हो । 

जसमा सबैभन्दा बढी जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक, सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा चयन भएका छन् ।

त्यस्तै, रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन, जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर, कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी, हुम्लामा छक्कबहादुर लामा र विजय भण्डारी सर्वसम्मत चयन भएको केन्द्रीय सदस्य नरेश भण्डारीले जानकारी दिए ।

आठौँ महाधिवेशनबाट कर्णालीको सबैभन्दा कम डोल्पामा एकजना काली चलाउने केन्द्रीय सदस्यमा चयन हुँदा मुगु भने केन्द्रीय सदस्यविहीन बनाइएको छ । केन्द्रीय सदस्य भण्डारीले पार्टीले मुगुलाई पनि न्याय गर्न मनोनीत केन्द्रीय सदस्य लिने बताए ।

उनका अनुसार मुगुका नेता मङ्गल शाही केन्द्रीय सदस्यमा मनोनीत हुने देखिएको छ । केन्द्रको २३६ केन्द्रीय कार्य समिति सदस्यमा कर्णालीको १२ प्रतिशत सदस्य सङ्ख्या रहेको छ ।  





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १०:२०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया