बलिउड अभिनेता अर्जुन कपुर तथा अभिनेत्री मलाइका अरोडाले एकअर्कासँगको प्रेमबारे खुलेर कुरा गर्न थालेको अब केही समय भइसकेको छ । तर, यही समयमा यी दुईलाई सामाजिक सन्जालमा बारम्बार ट्रोलको शिकार पनि बनाइएको हुन्छ ।
सामाजिक सन्जालमा त यी दुईले एकअर्कालाई गर्ने प्रेमबारे पनि छताछुल्ल भइरहेको हुन्छ । केही समयअघि मात्र यी दुईले माल्दिभ्समा भ्याकेसन पनि मनाएका थिए ।
यी दुईको प्रेमको चर्चा भइरहँदा अर्को विषय पनि बारम्बार चर्चामा आइरहेको हुन्छ । तर, यो प्रेमको विषयमा चर्चा भइरहँदा यी दुईको उमेरको विषयमा पनि चर्चा भइरहेको हुन्छ ।
अर्जुन कपुर मलाइकाभन्दा १२ वर्ष कम उमेरका भएको विषयमा पनि टिकाटिप्पणी भइरहेको हुन्छ।
अब चाहिँ यसबारे अर्जुन कपुरले आफ्नो धारणा राखेका छन् ।
उनले यो विषयमा कुरा गर्नु बेकारको काम भएको बताएका छन् । अनि उनले यस विषयमा हुने चर्चामा आफूहरूले कुनै ध्यान नदिने पनि बताएका छन् । ‘सामाजिक सन्जालमा आएका कमेन्ट त हामीले हेरेका नै हुँदैनौँ,’ उनले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।