भारतमा कोरोना : ओमिक्रोन संक्रमितको संख्या १७ सय पुग्यो

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या केही दिनयता तीव्र गतिमा बढेको छ । 

ओमिक्रोन संक्रमित बढेपछि भारतका विभिन्न राज्यका सरकारहरूले यसबारे चिन्तित हुनुपर्ने अवस्था आएको बताएका छन् । पछिल्लो समय भारतमा ओमिक्रोन संक्रमितको संख्या १७ सय पुगेको छ । 

यीमध्ये सबैभन्दा धेरै महाराष्ट्रका ५ सय १० जना रहेका छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार ७ सय ५० थपिएको छ । अनि यही समयमा १ सय २३ जनाले ज्यान गुमाएका छन् ।

अब भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ४५ हजार ५ सय ८२ रहेका छन् । एक दिनमा त्यहाँ कोरोना निको हुनेको संख्या १० हजार ८ सय ४६ रहेको छ । 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १२:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया