भारतमा पुनः कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ ।
कोरोना संक्रमण बढेपछि केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मन्डाभियाले राज्य सरकारलाई कोरोना बजेटको सदुपयोग गर्न आग्रह गरेका छन् ।
मन्डाभियाले राज्य सरकारहरुले कूल कोरोना बजेटको १७ प्रतिशत मात्र खर्च गरेकोमा उनले असन्तुष्टी जनाए । उनले स्वास्थ्य क्षेत्रको स्तरोन्नती गर्न अनुरोध गरेका छन् ।
कोरोना नियन्त्रणको लागि केन्द्र सरकारले २ खर्ब ३१ अर्ब भारतीय रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त रकम खर्च हुन सकेको छैन ।
केन्द्र सरकारले २३ हजार ५६ वटा आइसीयू बेड निर्माण गर्न राज्यहरूलाई स्वीकृति प्रदान गरेको थियो ।
पछिल्लो चौबिस घण्टामा भारतमा ३३ हजार ७५० जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् । अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ४५ हजार रहेको छ ।
राजधानी नयाँदिल्लीमा पछिल्लो चौबिस घण्टामा ३ हजार १९४ जनामा कोरोना संक्रमण देखिएको छ । अघिल्लो आइतबारको तुलनामा यो संख्या १० गुना बढी हो । भारतका अन्य प्रमुख सहरहरुमा पनि कोरोना संक्रमण तिव्र रुपमा बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।