पेट्राेलियम पदार्थकाे गुणस्तरमा निगमलाई दाेष लगाउन मिल्दैन : पाैडेल

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताएका छन् ।

आइतबार आयोजित एक कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले यस्ताे बताएका हुन् ।

उनले पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सुक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको पनि जिकिर गरे ।

निर्देशक पाैडेलले निगमले आफ्नो बारेमा कुनै पनि नराम्रा समाचार नआओस् भन्ने चाहेकाले पेट्रोलियम पदार्थको गुणस्तरमा सचेत र सतर्क रहेको पनि बताए ।

उनले भने, ‘आजको दिनमा क्वालिटीको विषयमा निगम सुतेको पनि छैन । निगमको अहिलेको मान्यता भनेको कुनै पनि समाचार नै नआओस् भन्ने हाे । हामीकहाँ क्वालिटीको इस्युमा सूचनाहरू आउँछन्, हामीले टेस्ट पनि गर्छौं । अहिले सिनामंगलमा सेन्ट्रल ल्याब छ । त्याे ल्याबाट गुणस्तर जाँच सुरु गरिसकेका छौं । हाम्रो ल्याब उच्च गुणस्तरको छ ।’

नेपालमा भारतबाट पाइपलाइनबाट तेल ल्याउने विषय बोर्डबाट मन्त्रालय स्तरमा पुगिसकेको कार्यकारी निर्देशक पौडेलकाे भनाइ छ ।



उनले भने, ‘ हाम्रो पाइपलाइनको विषय बोर्डको लेभलबाट अघि बढि सकेर मन्त्रालयको लेभलमा छ । झापाको पाइपलाइनमा हामी मोडालिटीको फाइनलमा छौं । दुई देशीय पाइपलाइन भएको हुनाले अहिले छलफल भइरहेको छ । अमलेखगञ्जको स्टेशनको विषयमा त हामी धेरै अघि बढीसकेका छौं । हाम्रो लगात कति, के, कसरी जाने ?, कम्प्लिट सर्वे डिटल स्टडी भइसकेको छ ।’

कार्यक्रममा निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले आयल निगम आम नागरिकहरूकाे सहजकर्ताकाे रूपमा रहेकाे जिकिर गरे। 



सचिव भट्टराईले मूल्यको विषयमा छलफल गरेर आयल निगममा भएका कमजोरीलाई अब दोहोरिन नदिने दाबीसमेत गरे ।
 

  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १४:२१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया