वरीयतामा पछि परेका शेखर केन्द्रीय समिति बैठकमा पनि पछिल्लो लाइनमा

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आजको केन्द्रीय समिति बैठकमा उपस्थित भए । उनी यसअघि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिएनन् । 

आजको बैठकअघि कांग्रेस पदाधिकारीहरूको बैठक बसेको थियो । बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ ।

सभापति शेरबहादुर देउवाले गरेको वरीयता निर्धारणप्रति कोइराला असन्तुष्ट थिए । कोइरालालाई २०औं नम्बरको वरीयतामा देउवाले राखेका थिए । कोइराला पार्टीको केहीदिनअघि सकिएको महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी थिए । 

उनी आज केन्द्रीय कमिटीको बैठकमा पनि पछिल्लो लाइनमा बसेका थिए । कोइराला देउवाले पार्टीको २०औं वरीयतामा राखेका छन् । देउवाले २०औं वरीयतामा राखेपछि उनी असन्तुष्ट थिए । 

पार्टीमा रामचन्द्र पौडेल लगायतका अन्य नेताहरू मनोनित भएसँगै उनको वरीयता अझै झर्ने भएको छ । देउवाको यो कार्यशैलीसँग कोइराला सन्तुष्ट छैनन् ।
 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १६:११:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया