पहिलेको कोरानाजस्ता छैनन् ओमिक्रोनका लक्षण, पढ्नुस् यी कुरा

कोरोनाभाइरस संक्रमण फेरि विश्वका देशहरुमा तीव्र गतिमा फैलिन थालेको छ । पछिल्लो समय कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वका विभिन्न देशमा चिन्ता देखिन थालेको छ। 

यसरी चिन्तित हुने देशमध्ये एक हो, भारत । भारतमा पनि पछिल्लो समय कोरोनाभाइरस संक्रमणका केसहरु बढिरहेका छन् । पछिल्ला दुई दिनमा मात्र भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस संक्रमितमध्ये ८४ प्रतिशत ओमिक्रोन संक्रमित भएको बताइएको छ ।

अधिकांश स्वास्थ्यविज्ञहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई यसअघिको डेल्टा भेरियन्टभन्दा कमजोर भएको बताएका छन् । तर, ओमिक्रोनका कारण केही मानिसहरुको मृत्यु भएको समाचार पनि आइरहेका छन् । भारतमा चाहिँ अहिलेसम्म ओमिक्रोनका सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् ।

नेपालमा अहिलेसम्म ओमिक्रोनका ३ जना संक्रमित भेटिएका छन् । तर, स्वास्थ्यविद्हरुले तत्काल सावधानी नपनाउने हो भने यो संख्या बढ्न सक्ने बताएका छन् ।

ओमिक्रोनका अहिलेसम्म देखिएका लक्षणहरु यसअघिका भेरियन्टभन्दा केही हलुका भएको बताइएको छ । अनि ओमिक्रोनका नयाँ लक्षणहरु बढी ज्वरो वा चिसोसँग जोडिएको पनि बताइएको छ । हल्का ज्वरो, घाँटीमा समस्या, टाउको दुख्नुलाई ओमिक्रोनका नयाँ लक्षणका रुपमा हेरिएको छ ।

यी लक्षण देखिने भएकाले स्वास्थ्यविद्हरुले यसको उपचारमा समयमा नै ध्यान दिनु पर्ने बताएका छन् । चिसोका हल्काफुल्का लक्षणसँग मिल्ने भएकाले ओमिक्रोनबाट सचेत हुनु पर्ने धेरैले बताएका छन् ।



सास फेर्न गाह्रो हुने, थकित हुने र टाउको दुख्नुलाई विशेषगरि ओमिक्रोनको लक्षणका रुपमा बताइएको छ । त्यति मात्र होइन, ओठको रंग फेरिने पनि ओमिक्रोनको लक्षणका रुपमा लिइएको छ ।

भ्याक्सिन लगाएकाहरुलाई पनि ओमिक्रोन संक्रमण देखिएकाले विशेषज्ञहरुले भ्याक्सिन लगाएकाहरुले पनि यसबारे विशेष ख्याल गर्नु पर्ने बताएका छन् ।



ओमिक्राेनबारे डा‍ शेरबहादुर पुनका यी कुरा पनि सुन्नुहाेस्

  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १६:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया