नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि माओवादी केन्द्रका अध्यक्ष निर्वाचित भएका छन् ।
आज बसेको माओवादी केन्द्रको केन्द्रीय सदस्यको बैठकले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । कृष्णबहादुर महराको समर्थन र नारायणकाजी श्रेष्ठको प्रस्तावमा उनलाई माओवादी केन्द्रले अध्यक्ष बनाएको हो ।
योसँगै माओवादी केन्द्रको अध्यक्षमा लगातार ३ दशकभन्दा बढी प्रचण्ड चयन भएका छन् ।
केन्द्रीय कमिटी बैठकले अध्यक्ष चुनेपछि प्रचण्डका पाँच पोज फरकधारले आफ्नो क्यामेरामा क्याप्चर गरेको छ, हेर्नुहोस्, पाँच तस्वीरः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।