अध्यक्षको जिम्मेवारी लिँदै प्रचण्डले भने- यो मेरो अन्तिम अवसर र चुनौती हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि यो कार्यकाल अन्तिम अवसर र चुनौतीको रूपमा लिएको बताएका छन् । 

पार्टीको आठौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षको रूपमा प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचित  भएपछि केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, ‘नेतृत्वको रूपमा मेरो लागि यो अन्तिम अवसर हुनेछ । नेपाल राष्ट्रको, नेपाली जनताको सेवा गर्ने हरेक दृष्टिकोणले मेरो लागि अन्तिम अवसर र चुनौती हो ।’

केन्द्रीय समितिको बैठकमा आफूले यसअघि पनि भनेको स्मरण गर्दै उनले भने,‘आजपनि यो जिम्मेवारी लिँदैगर्दा मेरो तर्फबाट अध्यक्षको हैसियतले यो पार्टीको, राष्ट्रको जनताको सेवा गर्ने, एउटा महान बहस उठाउँदै विश्वभरिकै न्यायपूर्ण आन्दोलनको र विश्वभरिकै श्रमिक जनताको सेवा गर्ने अन्तिम अवसर हो । र, सायद अन्तिम चुनौती हो भन्ने मैले ठानेको छु ।’

साथै, उनले आफ्नो पार्टीको आठौं महाधिवेशनले जनताको हक अधिकारको बारेमा बहस गरेको पनि बताए । 

‘जुन महाधिवेशनले सबैभन्दा बढी जनतको हक अधिकारको बारेमा, जनताको विकास निर्माणको बारेमा बहस गर्‍याे, त्यसलाई एउटा निष्कर्ष निकाल्यो  । त्यो कसैको आदेशमा चलेको भनेर प्रचार गर्नु योभन्दा ठूलो विडम्बना केही होला जस्तो मलाई लागेको छैन’, उनले भने ।






  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १७:२७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया